गुट्खा थुक्दै गर्दा करेन्ट लागेर एक पुरुषको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • भारतको मध्य प्रदेशमा कौसीबाट गुट्खा थुक्ने क्रममा हाईटेन्सन तारमा छुँदा ६५ वर्षीय प्रभु लाल गुप्ताको करेन्ट लागेर मृत्यु भएको छ।
  • घटनापछि आक्रोशित स्थानीयले घरनजिकै रहेको असुरक्षित विद्युत् लाइन हटाउन पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।
  • प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने स्थानीयले विद्युत् विभागको लापरबाही भन्दै तत्काल सुधारको माग गरेका छन्।

अर्जुन क्षेत्री भारत -भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लाको गंजबासोदामा घरको तेस्रो तलाको कौसीबाट गुट्खा थुक्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय प्रभु लाल गुप्ताको मृत्यु भएको छ।

Workplace

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार दिउँसो कौसीमा उभिएका गुप्ता घरनजिकैबाट गएको ११ केभीको हाईटेन्सन विद्युत् तारको सम्पर्कमा आएका थिए।

- Advertisement -Workplace

करेन्ट लागेपछि गम्भीर रूपमा जलेका उनको मृत्यु भएको हो।

घटनाबारे जानकारी पाएपछि आपत्कालीन उद्धार टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

मूल रूपमा छतरपुरका बासिन्दा गुप्ता विगत १० वर्षदेखि गंजबासोदामा भाडाको घरमा बस्दै आएका थिए। उनी मेकानिकको काम गरेर जीविकोपार्जन गर्दै आएका थिए।

घटनापछि स्थानीयले घरनजिकैबाट गएको हाईटेन्सन लाइन हटाउन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको आरोप लगाएका छन्। स्थानीय मनिष विश्वकर्माले विद्युत् लाइन र उपकरणको नियमित मर्मतसम्भार नभएको भन्दै सम्बन्धित निकायसँग निरीक्षण र सुधारको माग गरेका छन्।

घरधनी पद्मा चिधरले पनि विद्युत् कम्पनीका अधिकारीलाई लाइन हटाउन पटक–पटक आग्रह गरेको तर आश्वासन पाए पनि काम अघि नबढेको बताएकी छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?