
- कोशी र गण्डकीका हिमाली भेगमा आज हल्का वर्षा वा हिमपातको सम्भावना छ।
- तराई र उपत्यकामा बिहान लागेको हुस्सु केहीबेरमै हट्ने मौसम विभागले जनाएको छ।
- बुधबार वा बिहीबारदेखि भने देशभर नै वर्षा हुने पूर्वानुमान गरिएको छ।
काठमाडौ -आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य स्थानमा भने मौसम सामान्यतया सफा हुने महाशाखाको पूर्वानुमान छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
अहिले बिहानपख तराई भूभाग, उपत्यका तथा खोँचहरुमा हुस्सु वा कुहिरो लागेको छ ।
यो हुस्सु–कुहिरो केहीबेरमै हट्दै जानेछ ।
राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अन्य स्थानमा भने मौसम सफा रहने पूर्वानुमान छ ।
आगामी बुधबार वा बिहीबारदेखि भने देशभर वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।
