मसुरेपाटा मेलाको मिति परिवर्तन, अब असोज ५ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको सन्धिखर्क–९ मसुरेपाटामा हुने मेला अब असोज ५ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।
  • मेलामा ३० वटा स्टल रहनेछन् भने प्रवेश शुल्क रु १०० तोकिएको छ।
  • पुस्कल शर्मा, ज्योति मगर लगायतका कलाकारको सांगीतिक प्रस्तुति मेलाको मुख्य आकर्षण रहनेछ।

पूजा शर्मा सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ स्थित मसुरेपाटामा असोज ३ गतेदेखि सञ्चालन हुने भनिएको मेला विशेष कारणवश मिति परिवर्तन गरी असोज ५ गतेदेखि सञ्चालन हुने भएको छ। मेला असोज १५ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

Workplace

वडा नम्बर ९ का वडाध्यक्ष तथा मेला सञ्चालक सुमन पन्थीका अनुसार टिकाको भोलिपल्ट असोज ५ गते दिउँसो १ बजे सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले मेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

- Advertisement -Workplace

मेलामा ३० वटा व्यापारिक तथा प्रदर्शनी स्टल रहनेछन्। मेलामा प्रवेश गर्न प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
मेलाको मुख्य आकर्षणका रूपमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरू पुस्कल शर्मा, ज्योति मगर, शान्तिश्री परियार र श्याम रानामगरसहित स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

स्थानीय व्यापार, कला तथा संस्कृतिको प्रवर्द्धनसँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको मसुरेपाटा मेलामा सहभागी भई मनोरञ्जन लिन आयोजकले सम्पूर्ण सर्वसाधारणलाई आग्रह गरेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?