दशैँको टीकाका लागि उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा

समाचार सारांश
Auto Generated by AI
  • यस वर्षको घटस्थापना असोज २५ गते बिहान ११ बजेर ४७ मिनेटमा परेको छ।
  • विजयादशमीको दिन कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटको समय टीकाका लागि उत्तम साइत रहेको छ।
  • टीका लगाउँदा पश्चिम मोहडा फर्किएर लगाउनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

काठमाडौ – यस वर्ष दशैँको टीकाका लागि उत्तम साइत आउँदो कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Workplace

टीकाको दिन बिहान ८ बजेर ९ मिनेटमा देवी विसर्जन गरी साइत खोज्नेहरुले १० बजेर २६ मिनेटमा मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको छ ।

- Advertisement -Workplace

पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ ।

विजया दशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो ।

देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ ।

कतै विजयादशमीको मुख्य दिनमात्र टीका लगाउने चलन छ ।

शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

यही असोज २५ गते आइतबार बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको छ ।

त्यसै दिनदेखि नवरात्र शुरु हुन्छ । असोज २६ गते झण्डा फेर्ने साइत १० बजेर ७ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ ।

असोज ३१ गते शनिबार फूलपाती परेको छ । कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ ।

यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ । कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि नै परेको छ ।

कात्तिक ३ गते मङ्गलबार महानवमी र ४ गते विजयादशमी परको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?