
- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष पदका लागि गायक पशुपति शर्माले दाबेदारी प्रस्तुत गरेका छन्।
- शर्माले कलाकारको हकहित र संस्थालाई प्रभावकारी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
- प्रतिष्ठानको ९औँ राष्ट्रिय महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म बर्दिबासमा हुनेछ।
पूजा शर्मा ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय ९औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि लोकप्रिय लोकगायक पशुपति शर्माले दाबेदारी प्रस्तुत गरेका छन्।

प्रतिष्ठानको नेतृत्वका लागि शर्माको दाबेदारीसँगै आगामी महाधिवेशनमा अध्यक्ष पदको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। लोक तथा दोहोरी क्षेत्रको संरक्षण, कलाकारको हकहित र प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आफू नेतृत्वमा आउन चाहेको शर्माले बताएका छन्।

प्रतिष्ठानको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती महोत्तरीको बर्दिबासमा असोज २२, २३ र २४ गते आयोजना हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
