रेड पल्टन च्याम्पियनसिपमा अर्घाखाँचीका ८ खेलाडीसहित १२ खेलाडी ‘पहाडी सेना’ टोलीमा

समाचार सारांश
Auto Generated by AI
  • रेड पल्टन च्याम्पियनसिप २०२६ का लागि विभिन्न जिल्लाका खेलाडी समेटेर पहाडी सेना टोली निर्माण गरिएको छ।
  • उक्त टोलीमा अर्घाखाँचीका ८ जनासहित गुल्मी र रोल्पाका खेलाडीहरू छनोटमा पर्न सफल भएका छन्।
  • यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र क्रिकेटको विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

काठमाडौ -लुम्बिनी लायन्सद्वारा आयोजना हुन गइरहेको रेड पल्टन च्याम्पियनसिप २०२६ का लागि अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र पूर्वी रुकुम जिल्लाका खेलाडीबीच गरिएको प्रतिभा छनोटबाट ‘पहाडी सेना’ टोली निर्माण गरिएको छ।

Workplace

उक्त टोलीमा अर्घाखाँची जिल्लाबाट मात्रै ८ जना खेलाडी छनोट भएका छन्। अर्घाखाँचीबाट सञ्जय खनाल, दिलबहादुर बी.के., मनीष पन्थी, विवेक बेल्बासे, आश्विक बन्जाडे, आशिष पोखरेल, मनोज भुसाल र प्रिन्स केसी टोलीमा स्थान बनाउन सफल भएका हुन्।

- Advertisement -Workplace

त्यस्तै गुल्मीबाट रोशन पाण्डे, प्रेमबहादुर खत्री, अफ्सान नेपाली र पुकारजंग केसी तथा रोल्पाबाट केशव थापा र रिजाल बुढाथोकी टोलीमा छनोट भएका छन्। टोलीको प्रशिक्षकका रूपमा ऋषि भट्टराई रहनुभएको छ।

प्रतिभा छनोटमार्फत विभिन्न जिल्लाका खेलाडीलाई एउटै टोलीमा समेट्दै तयार गरिएको ‘पहाडी सेना’ टोलीमा अर्घाखाँचीका ८ जना खेलाडीको उपस्थिति रहनु जिल्लाको क्रिकेट क्षेत्रका लागि महत्वपूर्ण र उत्साहजनक उपलब्धिका रूपमा लिइएको छ।

क्रिकेटमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै टोलीमा स्थान बनाउन सफल सञ्जय खनाल, दिलबहादुर बी.के., मनीष पन्थी, विवेक बेल्बासे, आश्विक बन्जाडे, आशिष पोखरेल, मनोज भुसाल, प्रिन्स केसी, रोशन पाण्डे, प्रेमबहादुर खत्री, अफ्सान नेपाली र पुकारजंग केसी लगायत सम्पूर्ण खेलाडी तथा प्रशिक्षक ऋषि भट्टराईलाई हार्दिक बधाई तथा प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना।

यस प्रतियोगिताले स्थानीय तथा जिल्लास्तरमा रहेका प्रतिभाशाली क्रिकेट खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै यस क्षेत्रको क्रिकेट विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?