विजयनगरको चिरई खोलामा सडेको अवस्थामा पुरुषको शव फेला

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको चिरई खोला किनारमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।
  • शवको पहिचान अझै खुल्न सकेको छैन र प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको छ।
  • घटनाबारे थप विवरण पत्ता लगाउन प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

लक्ष्मण सुनार, अर्घाखाँची – कपिलवस्तु विजयनगर गाउँपालिका–५, गिद्धहवाघाटस्थित चिरई खोलाको किनारमा सडेको अवस्थामा पुरुषजस्तो देखिने बेवारिसे शव फेला परेको छ।

Workplace

आइतबार बिहान करिब ९:४५ बजे शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी चौकी ठकुरापुरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) समुद्र आचार्यको कमाण्डमा ३ जना तथा इलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रहरी निरीक्षक महेश कुमार आचार्यको कमाण्डमा SOCO सहित ६ जनाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार उक्त स्थान प्रहरी चौकी ठकुरापुरबाट करिब १ किलोमिटर दक्षिणमा पर्दछ। फेला परेको शवको हालसम्म पहिचान खुल्न सकेको छैन।

घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र शवको पहिचान तथा घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?