
- बालेन शाहको संयुक्त राष्ट्रसंघको भाषण सबैभन्दा धेरै हेरिएको भिडियो बनेको छ।
- उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्युजलाई पछि पारेका छन्।
- हालसम्म बालेनको भाषण चार लाख ४१ हजार पटक हेरिएको छ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा गरिएको भाषण युट्युबमा सबैभन्दा धेरै हेरिएको भाषण बनेको छ।

दुई दिन अघि उनले गरेको भाषण संयुक्त राष्ट्रसंघको आधिकारिक युट्युबमा सबैभन्दा धेरै हेरिने भाषण बनेको हो।
उनले ४ दिन अघि भाषण गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्युजलाई पछि पारेका हुन्।
ट्रम्पको भाषण ३ लाख ७८ हजारले हेरेका छन् भने बालेनको भाषण अहिले सम्म ४ लाख ४१ हजारले हेरेका छन्।
