यी २७ जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिम

समाचार सारांश
Auto Generated by AI
  • वर्षासँगै देशका धेरै जिल्लामा आकस्मिक बाढीको उच्च तथा मध्यम जोखिम रहेको छ।
  • गोरखा, कास्की, कैलाली, कन्चनपुरलगायत धेरै जिल्लाका नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।
  • कोसी र नारायणीसहित केही ठूला नदीमा जलसतह सतर्कता तह पार गरेको छ।

काठमाडौ –  वर्षासँगै देशका धेरै जिल्लामा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ ।

Workplace

अधिकांश सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला डडेलधुरा र आसपासका जिल्ला भई जहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, दाङ, अर्घाखाँची, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालीकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

आज बिहानको मापनानुसार कोसी, नारायणी र यी नदीका सहायक नदीहरूमा जलसतह सतर्कता तहमाथि रहेको छ,” महाशाखाले भनेको छ, “वाग्मती, पश्चिम राप्ती, बबई र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहनजिक रहेको छ र देशका अन्य नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहेको छ
।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?