सुनको मूल्य ३ लाखमुनि झर्‍यो कतिमा हुँदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
  • सुन प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेर २ लाख ९९ हजार १ सयमा झरेको छ।
  • चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँले घटेर ४ हजार ६ सय ५० कायम भएको छ।

काठमाडौ – नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।

हिज (बुधबार) को तुलनामा प्रतितोला ३ हजार २ सय रुपैयाँले कम हो।

बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि बिहीबार गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?