उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य अपिल

समाचार सारांश
Auto Generated by AI
  • असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ।
  • बाढी पहिरो र डुबानको जोखिम भएका क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनको सूचना पालना गर्न भनिएको छ।
  • किसानहरूलाई मौसमको अवस्था हेरेर बाली भित्र्याउन र जोखिम मोलेर खेतमा काम नगर्न आग्रह गरिएको छ।

काठमाडौं।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई अपिल गरेका छन्।

Workplace

नेपाल मौसम विज्ञान विभागले प्रदेशमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अतिभारी वर्षा हुनसक्ने सम्भावित प्रक्षेपण गरेपछि उनले सो आग्रह गरेका हुन्।

मुख्यमन्त्री आचार्यले आज बिहान अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढीपहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताएका छन्। नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।

नदी तथा खोलाकिनार, पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना तथा निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यको आग्रह छ।

धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर कृषिविज्ञको सल्लाहअनुसार आवश्यक तयारी गर्न पनि उनले अनुरोध गरेका छन्। वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उनको आग्रह छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?