पाल्पाको भालेबासमा गाडी दुर्घटना हुँदा एक जनाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • पाल्पाको भालेबासमा फोर्स गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
  • दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्।
  • घाइतेहरूको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

पाल्पा।पाल्पाको तानसेन नगरपालिका वडा नं. ८ भालेबासमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।
​बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आइतबार दिउँसो करिब ३:३० बजे सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
​दुर्घटनामा परी पूर्वखोला गाउँपालिका वडा नं. ५ निवासी अन्दाजी ६२ वर्षीयाअनसरा खाम्चा को मृत्यु भएको छ।

Workplace

दुर्घटनालगत्तै गम्भीर घाइते अवस्थामा लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकी खाम्चाको उपचारका क्रममा दिउँसो करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो।
​दुर्घटनामा घाइते हुनेहरू:
१. नरबहादुर राना (२९ वर्ष, गाडी चालक) – पूर्वखोला गाउँपालिका–१
२. कृष्णबहादुर राज मगर (५० वर्ष) – पूर्वखोला गाउँपालिका–१
३. मनकुमारी सारू (२८ वर्ष) – पूर्वखोला–४ (हाल तानसेन–४, भगवती टोल)
४. साहिरस सारू (७ वर्षीया बालिका) – मनकुमारीकी छोरी
५. सायरा खाम्चा (५ वर्षीया बालिका) – मृतक अन्सारी खाम्चाकी नातिनी
​घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले बताउनुभयो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?