
- नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।
- सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको छ।
- चाँदीको मूल्यमा पनि ६० रुपैयाँले गिरावट आएको छ।
काठमाडौ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ३०० रुपैयाँले घटेर कारोबार भइरहेको छ।

अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोलामा ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, त्यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ६० रुपैयाँले घटेर ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
