आज मिति २०८३ भाद्र ३०गते मंगलबार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, सिंह, तुला र धनु राशिका लागि आजको दिन आर्थिक र सामाजिक सफलता प्राप्त हुने समय छ।
  • वृष, मिथुन र मकर राशिका व्यक्तिहरूले कार्यक्षेत्रमा प्रभाव जमाउँदै सम्बन्धमा सुधार ल्याउनेछन्।
  • कर्कट, कन्या, वृश्चिक, कुम्भ र मीन राशिका लागि स्वास्थ्य र खर्चमा सावधानी अपनाउनु उपयुक्त हुन्छ।

🌼🌻🙏🙏

Workplace

मेष : आज वैवाहिक जीवनमा सामञ्जस्यता देखिनेछ । प्रेमसम्बन्धमा विश्वास बढ्नेछ । व्यापारमा साझेदारबाट सहयोग प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने समय हो । वार्तालाप र सहकार्यबाट लाभ मिल्नेछ ।

वृष : शत्रुहरूमाथि नियन्त्रण रहनेछ । रोग वा स्वास्थ्यसम्बन्धी चिन्तामा सुधार आउनेछ । प्रतिस्पर्धी वातावरणमा आत्मबलका साथ अघि बढ्न सकिनेछ । कामकाजी जीवनमा अनुशासन र स्पष्टता आवश्यक देखिन्छ ।

मिथुन : प्रेम सम्बन्धमा खुलापन र स्वतन्त्रताको भावना बलियो हुनेछ । सन्तानको व्यवहारमा केही चञ्चलता देखिए पनि समयक्रममा सुधार सम्भव छ । अध्ययन र सिर्जनात्मक कार्यमा प्रेरणा मिल्नेछ ।

कर्कट : मातातर्फ चिन्ता, घरपरिवारमा असमझदारी वा अस्थिरता आउने सम्भावना देखिन्छ । मुद्दा–मामिलामा सावधानी आवश्यक छ । वाहन वा अचल सम्पत्ति सम्बन्धी कार्यमा विलम्ब हुन सक्छ । धैर्य र सहिष्णुता अपनाउनु उपयुक्त हुनेछ ।

सिंह : सञ्चार, यात्राको योग र साहसी निर्णयमा सफलता मिल्नेछ । दाजुभाइ वा समकक्षीहरूसँग सम्बन्ध प्रगाढ हुनेछ । लेखन, बोलचाल र वार्ताको माध्यमबाट आफ्नो प्रभाव विस्तार गर्न सकिने दिन हो ।

कन्या : वाणीमा स्पष्टता, तर साथमा मृदुता आवश्यक छ । आर्थिक पक्ष मध्यम रहनेछ- केही अनावश्यक खर्च पनि सम्भव छ । पारिवारिक विषयमा थोरै तनाव देखिन सक्छ । धैर्यपूर्वक व्यवहार गर्दा परिस्थिति सहज बन्नेछ ।

तुला : आजको दिनमा आत्मबल, आकर्षण र स्वप्रस्तुतिमा वृद्धि हुने देखिन्छ । सार्वजनिक रूपमा प्रभावशाली उपस्थिति रहनेछ । मन चञ्चल भए पनि आत्मनिर्णयमा दृढता ल्याउँदा लाभ हुनेछ ।

वृश्चिक : अहिलेसम्म स्थिरजस्तो देखिएको खर्चमा आकस्मिक वृद्धि हुन सक्छ । यात्रामा असहजता वा स्वास्थ्यमा थकान अनुभव हुन सक्छ । गोप्य विषयमा सावधानी अपनाउनुहोस, आत्मचिन्तन र विश्राम आवश्यक देखिन्छ ।

धनु : आज इच्छाहरू पुरा हुने सम्भावना बलियो छ । आर्थिक लाभ, मित्रताको विस्तार र सामाजिक सहभागिताबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ स्रोतको आम्दानीका संकेत छन् । योजनाबद्ध प्रयासबाट सफलता मिल्नेछ ।

मकर : पेसा, जागिर वा व्यवसायमा सम्मान प्राप्त हुनेछ । वरिष्ठ वा उच्चपदस्थ व्यक्तिहरूबाट सहयोग मिल्नेछ । कर्मप्रधान दिन हो, जिम्मेवारीलाई इमानदार रूपमा पुरा गर्नु लाभदायी हुनेछ । मान-प्रतिष्ठा वृद्धिको योग छ ।

कुम्भ : धार्मिक आस्था बढ्नेछ, तर मानसिक विचलन पनि हुन सक्छ । गुरु वा पितासँग विचारविमर्श लाभदायी हुने छ । यात्रामा केही बाधा आउन सक्नेछ, तर ज्ञान, शिक्षा र दर्शनतर्फ झुकाव बढ्ने दिन हो ।

मीन : मानसिक अशान्ति र शारीरिक पीडा दिन सक्छ । अप्रत्याशित परिवर्तन वा समाचारले प्रभावित गर्न सक्छ । जोखिमयुक्त काम वा तर्क–विवादबाट टाढा रहनु हितकर हुनेछ । शान्त र गम्भीर व्यवहार आवश्यक छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?