बुधबार सुनचाँदीको मूल्य घट्यो,आज कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको छ।
  • चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले घटेर कारोबार भइरहेको छ।
  • घटेको मूल्यसँगै आज सुन तीन लाख दुई हजार चार सय रुपैयाँमा किनबेच हुँदैछ।

काठमाडौं।नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।

Workplace

मंगलबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार तोलामा तीन हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख दुई हजार चार सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।सोमबार सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

चाँदी मंगलबार प्रतितोला चार हजार सात सय ९० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी बुधबार तोलामा चार हजार सात सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ४० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार तीन सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?