अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने व्यक्ति पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढीबारे अपमानजनक भिडियो बनाउने युवालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेका बैतडीका वीरेन्द्र मडैले बाढीपीडित र जातजातिलाई होच्याउने कार्य गरेका थिए।
  • उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

काठमाडौं।नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ।

Workplace

प्रहरीको साइबर ब्यूरोले बाढीपीडितको अपमान गरेर भिडियो बनाउने बैतडी सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौंको बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाले पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका मडैमाथि जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?