
- बंगलादेश सरकारले नेपालको बाढी र पहिरो पीडितका लागि १० लाख अमेरिकी डलर सहयोग गरेको छ।
- यो रकम राहत तथा पुन:स्थापना कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
- बंगलादेशका विदेश राज्यमन्त्रीले नेपाली राजदूतलाई उक्त सहयोगसम्बन्धी पत्र हस्तान्तरण गरेका छन्।
काठमाडौं ।बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत, पुन:स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न उक्त रकम आज सहयोग गरेको हो ।

बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले त्यहाँका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको उक्त पत्र हस्तान्तरण गर्दै सोबारे जानकारी गराएका हुन् ।

यसअघि, सेप्टेम्बर १ मा विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोशी बाढी विपद्प्रति समवेदना व्यक्त गरेका थिए ।
