
- भोटेकोशी बाढीले बनेको ताल फुट्ने जोखिम बढेको छ।
- जोखिम अनुगमन गर्न सिसी क्यामेरा जडान गरिँदै छ।
- क्यामेराले नदीको बहाव र खतराको दृश्य निगरानी गर्नेछ।
काठमाडौं ।भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमको सूचना लिन सिसी क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

बाढीविद् सौहार्द जोशीले क्यामेरा जडानपछि नदीको बहाव तथा सम्भावित जोखिमबारे दृश्य निगरानी गर्न सहज हुने विश्वास व्यक्त गरे ।
