
- आज सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेको छ।
- सुनको मूल्य घटेर हाल तोलाको ३ लाख ६ हजार रुपैयाँ कायम भएको छ।
- चाँदीको भाउमा भने आज कुनै परिवर्तन आएको छैन।
काठमाडौ -सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

हिजो एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज पनि ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । गएको मंगलवारदेखि लगातार सुनको भाउ घट्दै आएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । हिजो तोलामा १८५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलाको ४ हजार ७ सय ८० रुपैयाँ नै कायम रहेको महासंघले जनाएको छ ।
