आज मिति २०८३ भाद्र १५ गते सोमबार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • आज धेरै राशिहरूका लागि आर्थिक लाभ र सामाजिक मान-प्रतिष्ठा मिल्ने दिन रहेको छ।
  • कतिपय राशिले स्वास्थ्य र खानपानमा विशेष सावधानी अपनाउनु आवश्यक देखिएको छ।
  • नयाँ कामको थालनी गर्दा वा महत्वपूर्ण निर्णय लिँदा परिवार र अग्रजको सल्लाह लिनु फलदायी हुनेछ।

🌼🌻🙏🙏

Workplace

मेष: दिन फलदायी छ। मिठासपूर्ण बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। राजनीतिक क्षेत्रमा सेवाको नयाँ अवसर मिल्नेछ भने दाजुभाइ तथा बन्धुबान्धवसँगको सहकार्यले आर्थिक लाभ दिलाउनेछ। पारिवारिक सल्लाहमा अघि बढ्नु उत्तम हुनेछ।

- Advertisement -Workplace

वृष: गुम्न लागेको धन वा सम्पत्ति फिर्ता हुने योग छ। वैदेशिक रोजगारीका नयाँ विकल्पहरू खुल्नेछन्। स्वास्थ्यमा क्रमिक सुधारका संकेत देखिनेछन्। यद्यपि, शिक्षा क्षेत्रमा सफलता पाउन थप मिहिनेतको आवश्यकता छ।

मिथुन: दिन मध्यम रहेकाले बोलीमा संयमता अपनाउनुहोला। व्यापार-व्यवसायमा नयाँ लगानी गर्दा जोखिम हुनसक्छ। ठूला व्यक्तिहरूसँगको व्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ। उत्तरतातर्फको यात्रा टाल्नुहोला, तर राजनीतिक क्षेत्रमा भने वातावरण सहज बन्नेछ।

कर्कट: बोलीको प्रभावले कार्यसम्पादनमा सहजता आउनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको उचित फल मिल्नेछ। आज पश्चिम दिशाको लामो यात्रा नगर्नुहोला।

सिंह: कामको चाप बढ्नेछ। व्यवसायमा एक्लै लगानी गर्नुभन्दा सहकार्यमा काम गर्दा फाइदा हुनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा थप लगनशीलता आवश्यक देखिन्छ।

कन्या: सरकारी वा राज्यपक्षको कामबाट सफलता र प्रसन्नता मिल्नेछ। धार्मिक यात्राको योग छ र पारिवारिक सम्बन्ध अझ सुमधुर बन्नेछ। तर, खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्याले सताउन सक्छ।

तुला: समाजमा मानसम्मान र प्रतिष्ठा बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको प्रयासले सफलता दिलाउनेछ। प्रेम सम्बन्ध मधुर रहनेछ। कुनै पनि नयाँ काम गर्दा अग्रजहरूको सुझाव लिनु हितकर हुनेछ।

वृश्चिक: मनमा शान्ति मिल्नेछ र पुराना स्वास्थ्य समस्यामा सुधार आउनेछ। मिहिनेतको पूर्ण फल प्राप्त हुनेछ। शिक्षा र सामाजिक कार्यबाट नाम र दाम दुवै कमाउने अवसर मिल्नेछ।

धनु: सञ्चित धन खर्च हुनुका साथै अनावश्यक भागदौड वा यात्रा हुन सक्छ। तर, धार्मिक क्षेत्रको भ्रमणले मानसिक शान्ति दिनेछ। दिनलाई सहज बनाउन दानपुण्यबाट दिनको सुरुवात गर्नुहोस् र महत्त्वपूर्ण काम अघि ठूलाको सल्लाह लिनुहोस्।

मकर: नजिकका व्यक्ति वा प्रियजनबाट धोका हुनसक्ने भएकाले सचेत रहनुहोला। मनमा नकारात्मक विचार आउन सक्ने र स्वास्थ्यमा समस्या बढ्ने देखिन्छ। हरेक काममा कडा मिहिनेत आवश्यक छ। निर्णय लिँदा परिवारको सल्लाह लिनुहोला।

कुम्भ: सामाजिक क्षेत्रमा पद-प्रतिष्ठा बढ्नेछ। विरोधी वा प्रतिस्पर्धीहरूले पनि साथ दिनेछन्। घरजग्गाको कारोबारबाट विशेष फाइदा हुनेछ भने मन प्रसन्न रहनेछ।

मीन: आम्दानीका स्रोतहरू बढ्नेछन् र साथीभाइको राम्रो सहयोग मिल्नेछ। राजनीति तथा समाजसेवामा गर्नुभएको योगदानको कदर र प्रशंसा हुनेछ। प्रेम सम्बन्धमा थप प्रगाढता आउनेछ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?