
- मेष, सिंह र धनु राशिका व्यक्तिहरूले आर्थिक कारोबार तथा स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुहोला।
- वृष, मिथुन, कन्या, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका लागि कार्यक्षेत्रमा सफलता र आर्थिक लाभको योग छ।
- कर्कट राशिको भाग्यले साथ दिनेछ भने समग्रमा अधिकांश राशिका लागि आजको दिन उपलब्धिमूलक रहनेछ।
🌻🌼🙏🙏

मेष : आज अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट नियन्त्रणमा विशेष ध्यान दिनुहोला। सोचेअनुसार काममा सफलता पाउन अलि बढी मिहिनेत गर्नुपर्नेछ। वैदेशिक क्षेत्र तथा वैदेशिक व्यापारसँग सम्बन्धित कामहरूमा भने प्रगति हुनेछ र आध्यात्मिक कार्यमा मन जानेछ।
वृष : आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ र रोकिएका पुराना धन फिर्ता आउने सम्भावना छ। कार्यक्षेत्रमा वरिष्ठ अधिकारी तथा साथीभाइको राम्रो सहयोग मिल्नेछ। पारिवारिक जीवन सुखद रहनेछ भने नयाँ कामको थालनीका लागि दिन अनुकूल छ।
मिथुन : आजको दिन कर्मक्षेत्रमा विशेष सफलता र मान(सम्मान दिलाउने खालको छ। नयाँ जिम्मेवारी वा पदोन्नतिको योग बनेको छ। सामाजिक तथा राजनीतिक कार्यमा प्रतिष्ठा बढ्नेछ र वरिष्ठ व्यक्तिहरूसँगको भेटघाटले भविष्यका लागि मार्गप्रशस्त गर्नेछ।
कर्कट : भाग्यले साथ दिनेछ र रोकिएका कामहरू क्रमशः सुचारु हुँदै जानेछन्। धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यहरूमा सहभागी हुने अवसर मिल्नेछ। टाढाको यात्रा वा उच्च शिक्षासँग सम्बन्धित कामहरूमा सोचेअनुरूपको नतिजा प्राप्त हुनेछ।
सिंह : स्वास्थ्य र खानपानमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। आर्थिक लेनदेन वा नयाँ लगानीका क्षेत्रमा हतारमा निर्णय नलिनुहोला। संयमित र धैर्य भएर काम गर्दा आउन सक्ने बाधा(अड्चनहरूलाई सजिलै पछाडि पार्न सकिनेछ।
कन्या : व्यापार(व्यवसायमा राम्रो लाभ मिल्नेछ र नयाँ सम्झौताहरू हुन सक्नेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ भने प्रेम सम्बन्धमा अझ बढी निकटता र मधुरता आउनेछ। साझेदारीका कामहरूबाट सोचेभन्दा बढी फाइदा उठाउन सकिनेछ।
तुला : प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै आफ्ना योजनाहरू सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ। स्वास्थ्य स्थिति सबल रहनेछ र पुराना रोग वा समस्याहरूबाट राहत मिल्नेछ। रोकिएका कामहरू बन्नाले मनमा नयाँ उत्साह र उमङ्ग छाइरहनेछ।
वृश्चिक : बौद्धिक तथा रचनात्मक काममा सोचेभन्दा राम्रो सफलता मिल्नेछ। विद्यार्थी वर्गका लागि अध्ययन(अध्यापनमा प्रगति गर्ने र नयाँ अवसरहरू प्राप्त गर्ने समय छ। सन्तानको तर्फबाट शुभ समाचार सुन्न पाइनेछ भने आकस्मिक लाभको योग छ।
धनु : पारिवारिक विषयमा केही चासो वा चिन्ता बढ्न सक्छ। घर(जग्गा वा सवारी साधनको खरिद(बिक्री सम्बन्धी काममा विचार पुर्याएर मात्र निर्णय लिनुहोला। आमा वा परिवारका ज्येष्ठ सदस्यको आशीर्वाद र मार्गदर्शनले मानसिक शान्ति दिनेछ।
मकर : आफ्नो आत्मबल, पराक्रम र कार्यक्षमतामा वृद्धि हुनेछ। दाजुभाइ तथा शुभचिन्तकहरूको भरपूर साथ र सहयोग पाइनेछ। सञ्चार, लेखन वा कला क्षेत्रमा जोडिएकाहरूका लागि आजको दिन निकै फलदायी रहनेछ र सानातिना यात्राको योग छ।
कुम्भ : वाणीमा मिठास रहनेछ जसका कारण अरूको मन सजिलै जित्न सकिनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ र बचत बढाउने अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक समारोह वा जमघटमा सहभागी भई मिष्ठान्न भोजनको आनन्द लिन सकिनेछ।
मीन : मनमा नयाँ ऊर्जा र उत्साह थपिनुका साथै व्यक्तित्व निखरिएर आउनेछ। नयाँ योजना वा कामको सुरुवात गर्नका लागि आजको दिन निकै शुभ छ। मान(सम्मानमा वृद्धि हुनेछ र समग्र दिन उपलब्धिमूलक तथा सुखद रहनेछ।
