यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गएराति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ।
  • धनुषामा पछिल्लो छ घण्टामा सबैभन्दा धेरै ५४.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
  • आज देशका धेरै पहाडी तथा हिमाली भू-भागमा मध्यम र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

काठमाडौ – गएराति देशका विभिन्न ठाउँमा पानी परेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा धनुषामा सबैभन्दा धेरै ५४.८ मिलिमिटर वर्षा मापन भएको छ ।

Workplace

 

काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, देशका हिमाली भू–भागका केही ठाउँमा मध्यम वर्षा तथा पहाडी भू–भागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही ठाउँ तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै ठाउँमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?