बस र माइक्रोभ्यान ठक्किदा दुई को मृ`त्यु तीन जना घा`इ`ते

समाचार सारांश
Auto Generated by AI
  • नुवाकोटको शिवपुरीमा पार्किङ गरी राखिएको बस अचानक गुडेर माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ।
  • सो दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् र उनीहरूको काठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।
  • प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

काठमाडौ – नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस अचानक गुडेर पार्किङमा राखिएको विद्युतीय माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ।

Workplace

दुर्घटनामा तीन जना घाइते भएका छन्। शनिबार बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकछेउमा रोकिराखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो।

ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए। दुर्घटनामा पाँच जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन्। दुर्घटनामा घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ छन्। तीनै जना घाइतेको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?