क्रिप्टोकरन्सीको भाउ घट्दा ट्रम्पको मिडिया कम्पनीलाई ३६ अर्ब ३० कराेड रुपैयाँ घाटा

समाचार सारांश
Auto Generated by AI
  • ट्रम्प मिडिया कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २३ करोड ८० लाख डलर घाटा व्यहोरेको छ।
  • क्रिप्टोकरेन्सीको मूल्यमा आएको भारी गिरावटले गर्दा कम्पनीको घाटा गत वर्षको तुलनामा दश गुणा बढेको हो।
  • घाटाका बाबजुद कम्पनीको आम्दानी ८९ प्रतिशतले बढेर १७ लाख डलर पुगेको छ भने कुल सम्पत्ति २ अर्ब डलर रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनीले गएको अप्रिलदेखि जुन महिनाको अवधिमा २३ करोड ८० लाख डलर अर्थात् ३६ अर्ब ३० करोड रुपैयाँ घाटा भएको जनाएको छ ।

Workplace

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ को मातृ कम्पनी ‘ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप कर्पाेरेशन’ ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा यो घाटा व्यहोरेको हो ।

- Advertisement -Workplace

यस अवधिमा कम्पनीले क्रिप्टोकरेन्सीलगायत सञ्चारसँग सम्बन्ध नभएका विभिन्न क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गरेको थियो ।

कम्पनीका अनुसार आफ्नो स्वामित्वमा रहेका क्रिप्टोकरेन्सीको मूल्यमा आएको ठूलो गिरावटका कारण घाटा बढेको हो । यो घाटा गएको वर्षको यही अवधिको तुलनामा १० गुणाभन्दा धेरै हो ।

यद्यपि दोस्रो त्रैमासमा कम्पनीको आम्दानी १७ लाख डलर पुगेको छ । यो गएको वर्षको यही अवधिको तुलनामा ८९ प्रतिशत धेरै हो ।

कम्पनीले गएको जुन महिनाको अन्त्यसम्ममा आफ्नो कुल सम्पत्ति झन्डै २ अर्ब डलर पुगेको जनाएको छ । त्यसमध्ये नगद, अल्पकालीन लगानी तथा डिजिटल मुद्रासहितका वित्तीय सम्पत्ति झन्डै १ अर्ब ९० करोड डलर बराबर छ ।

ट्रम्प मिडिया कम्पनीले पछिल्लो समय सामाजिक सञ्जाल व्यवसायभन्दा बाहिर क्रिप्टोकरेन्सी, होल्डिङ तथा स्वच्छ ऊर्जा क्षेत्रमा समेत लगानी गर्दै आएको छ । तर कम्पनीले अहिलेसम्म नाफा कमाउन सकेको छैन ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?