आज मिति २०८३ साउन २५ गते सोमबार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, वृष, मिथुन, सिंह, कन्या, तुला, धनु, मकर र कुम्भ राशिका लागि आजको दिन आर्थिक उन्नति, कार्यसिद्धि र पारिवारिक सुख मिल्ने शुभ दिन छ।
  • कर्कट र मीन राशिका व्यक्तिहरूले स्वास्थ्य, खानपान र खर्चमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।
  • वृश्चिक राशिका व्यक्तिहरूले सवारीसाधन र यात्रामा सतर्कता अपनाउँदै गोप्य कुराहरू सुरक्षित राख्नु बुद्धिमानी हुनेछ।

🌼🌻🙏🙏

Workplace

मेष : आँटेका कामहरू उत्साहका साथ सम्पन्न हुनेछन्। दाजुभाइ तथा इष्टमित्रबाट राम्रो सहयोग मिल्नेछ। पराक्रम बढ्नेछ र सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। छोटो दूरीको यात्रा लाभदायक रहनेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू अघि बढाउन उपयुक्त समय छ।

वृष : वाणीमा मधुरता रहनेछ भने आर्थिक पक्ष सबल बन्दै जानेछ। रोकिएका धन उठ्ने सम्भावना छ। परिवारमा रमाइलो वातावरण रहनेछ र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। अध्ययन अध्यापनमा प्रगति हुनुका साथै नयाँ कामको प्रस्ताव आउन सक्छ।

मिथुन : चन्द्रमा आफ्नै राशिमा रहेकाले मनमा प्रसन्नता र उत्साह छाउनेछ। नयाँ वस्त्र तथा आभूषण प्राप्तिको योग छ। रोकिएका कार्यहरू सुचारु हुनेछन्। व्यक्तित्व निखरिनेछ भने समाजमा मान(सम्मान मिल्नेछ। पारिवारिक सहयोगले ठूलो सफलता दिलाउन सक्छ।

कर्कट : आज अलि खर्च बढ्न सक्ने भएकाले बजेट नियन्त्रणमा ध्यान दिनुहोला। अनावश्यक यात्रा वा दौडधुप हुन सक्छ। स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ। धार्मिक तथा आध्यात्मिक कार्यमा मन जाँदा शान्ति मिल्नेछ।

सिंह : आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। सोचेभन्दा बढी आर्थिक लाभ हुनेछ। रोकिएको धन फिर्ता आउनेछ। साथीभाइ तथा आफन्तको पूर्ण सहयोग मिल्नेछ। नयाँ योजनामा लगानी गर्नका लागि आजको दिन निकै अनुकूल रहेको छ।

कन्या : कर्मक्षेत्रमा सफलता मिल्नेछ। पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्तिको योग छ। वरिष्ठ अधिकारी तथा अग्रजहरूबाट प्रशंसा पाइनेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। रोकिएका सरकारी वा प्रशासनिक कामहरू आज बन्नेछन्।

तुला : भाग्यले साथ दिनेछ। रोकिएका कामहरू सहजै बन्नेछन्। धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्नेछ। अध्ययन अध्यापन तथा बौद्धिक काममा प्रगति हुनेछ।

वृश्चिक : आज अलि सतर्क रहनुहोला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला। गोप्य कुराहरू अरूलाई सेयर नगर्नु नै बुद्धिमानी हुनेछ। दिनको उत्तरार्धमा परिस्थितिमा केही सुधार आउनेछ।

धनु : व्यापार तथा व्यवसायमा राम्रो नाफा हुनेछ। साझेदारहरूसँगको सम्बन्ध सुमधुर रहनेछ। दाम्पत्य जीवन सुखद् रहनेछ र जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ। नयाँ मानिसहरूसँग भेटघाट हुनेछ भने रमाइलो यात्राको योग पनि रहेको छ।

मकर : प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्नेछ। शत्रु तथा विरोधीहरू परास्त हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। काममा आउने बाधा(अड्चनहरू हट्दै जानेछन्। मुद्दा(मामिला वा विवादहरूमा तपाईंको पक्ष बलियो रहनेछ।

कुम्भ : बौद्धिक क्षमताको विकास हुनेछ। अध्ययन अध्यापनमा मन जानेछ। सन्तानको तर्फबाट शुभ समाचार प्राप्त हुन सक्छ। सिर्जनात्मक कार्य तथा कला(साहित्यमा रुचि बढ्नेछ। सेयर बजार वा प्राविधिक क्षेत्रमा गरिएको लगानीले लाभ दिलाउन सक्छ।

मीन : पारिवारिक विषयलाई लिएर केही चिन्ता वा बहस हुन सक्छ। घर(जग्गा वा भौतिक साधनको प्रयोग गर्दा सावधानी अपनाउनुहोला। आमाको स्वास्थ्यको ख्याल गर्नुहोला। दिउँसोपछि स्थिति अनुकूल बन्दै जानेछ र साथीभाइको सहयोग प्राप्त हुनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?