समाचार सारांश
Auto Generated by AI
- मुगुको गमगढीस्थित न्युरोडमा लामो समयदेखि रोकिएको सडक मर्मत र स्तरोन्नतिको काम सहमति जुटेलगत्तै सुरु भएको छ।
- स्थानीय तह, राजनीतिक दल, सुरक्षा निकाय र जग्गाधनीहरूको समन्वयमा सडक चौडा बनाउने र ढलान गर्ने कार्य अघि बढाइएको छ।
- सडक र नाला निर्माण सम्पन्न भएपछि बजार क्षेत्रको आवतजावत थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
रतन रावल गमगढी, मुगु ।
हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढी बजारस्थित न्युरोड क्षेत्रमा लामो समयदेखि विवादका कारण रोकिएको सडक मर्मत तथा स्तरोन्नति कार्य आज बाट सहमति जुटेपछि सफलता पूर्वक सडक सम्पन्न गरिएको छ। लामो समय पछि सडकको विवाद समाधान भएसँगै आज उक्त क्षेत्रमा डोजर प्रयोग गरी नाला र सडक ढलान R.C.Cको काम द्रुत गतिमा अघि बढाइने काम भएको छ। जानकारी प्राप्त भएको छ

गमगढी न्युरोडस्थित रोकाया इनदेखि जुनतारा पसलसम्म को सडक खण्डमा रहेको अवरोध हटाउन स्थानीय तह, राजनीतिक दल र सुरक्षा निकायको ठूलो भूमिका रहेको थियो। सडक सहजीकरण एवं निकास निकाल्ने कार्यमा जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्की जिल्लामा रहेका विभिन्न सरकारवाला निकायको समन्वयन सहित नेपाली कांग्रेस, नेकपा एमाले, र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रमुख राजनीतिक दलहरूले आपसी समन्वय गरेका थिए । सबैको साझा प्रतिबद्धताका साथ आजबाट यो सडक निर्माणको कार्य अघि छ। 

विकास निर्माणको यो कार्यलाई पूर्णता दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीले मैदानमै खटिएर विशेष सहयोग पुर्याएका थिए ।
लामो समयको गतिरोध अन्त्य गर्दै बजारको मुख्य सडक चौडा र व्यवस्थित बनाउने कार्यमा ऐतिहासिक सहयोग गर्ने जग्गाधनीहरूलाई स्थानीय स्तरबाट विशेष धन्यवाद ज्ञापन गरिएको छ । साथै, सडक मर्मत कार्यलाई सफल बनाउन अहोरात्र खटिने सम्पूर्ण राजनीतिक दल, सुरक्षा निकाय, नगर प्रहरी, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायप्रति आयोजक तथा सम्बन्धित पक्षले हार्दिक आभार व्यक्त गरेको छ।
सडक र नाला निर्माण सम्पन्न भएसँगै गमगढी बजारको आवतजावत थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।