
- गायक पुष्कल शर्माले तीज लक्षित नयाँ गीत मैराम्री आहा सार्वजनिक गरेका छन्।
- यस गीतमा नेपाली मौलिक संस्कृति र तीजको उत्साहलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।
- गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै यस वर्षको चर्चित तीज गीत बन्ने अपेक्षा गरिएको छ।
काठमाडौं _ चर्चित लोक तथा दोहोरी गायक पुष्कल शर्माले यस वर्षको हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज विशेष गीत ‘मैराम्री आहा’ सार्वजनिक गरेका छन्।

तीज पर्वको सांस्कृतिक मौलिकता, रमाइलोपन र नेपाली महिलाको उत्साहलाई समेटेर तयार गरिएको यस गीतमा आकर्षक शब्द, लय तथा मनमोहक प्रस्तुतिले दर्शक–श्रोताको ध्यान खिच्ने अपेक्षा गरिएको छ।
गीतको भिडियो पनि नेपाली मौलिक संस्कृति, नृत्य र तीजको उत्सवमय वातावरणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।
हरेक वर्ष तीजका अवसरमा लोकप्रिय गीत ल्याउँदै आएका गायक पुष्कल शर्माले यसपटक पनि ‘मैराम्री आहा’ मार्फत दर्शक–श्रोतामाझ नयाँ स्वाद पस्किएका हुन्।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र युट्युबमा सकारात्मक प्रतिक्रिया प्राप्त हुन थालेको छ।
तीज पर्व नजिकिँदै जाँदा ‘मैराम्री आहा’ यस वर्षको चर्चित तीज गीतमध्ये एक बन्ने अपेक्षा गरिएको नेपाल खोज खबर लाई बताए ।
भिडियो –
