
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्था भत्काउन सरकार अघि बढे आफूहरूले साथ दिने बताएका छन्।
- प्रधानमन्त्रीसँगको भेटमा उनले हालको तीन तहको शासकीय स्वरूप आवश्यक नभएको आफ्नो पार्टीको धारणा राखेका छन्।
- लिङ्देनले व्यवस्था परिवर्तनको पक्षमा सरकारसँग सहकार्य गर्न राप्रपा तयार रहेको स्पष्ट पारेका छन्।
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले अहिलेको राजनीतिक व्यवस्था भत्काउन चाहेमा आफ्नो पार्टीले साथ दिने बताएका छन् ।

प्रधानमन्त्री बालेन शाहसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो धारणा राखेका हुन्। भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले वर्तमान व्यवस्था परिवर्तनको पक्षमा राप्रपा सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।
‘यदि यो सरकारले गणतन्त्र र अहिलेको व्यवस्थालाई भत्काएर अघि जान खोजेको हो भने सहयोग रहन्छ भन्यौं,’ प्रधानमन्त्रीसँगको कुराकानीबारे उनले भने ।
अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको सैद्धान्तिक दृष्टिकोण स्पष्ट रहेको उल्लेख गर्दै नेपालका लागि हालको तीन तहको शासकीय स्वरूप आवश्यक नभएको सुझाव प्रधानमन्त्रीलाई दिएको पनि बताए ।
