कतारका पूर्वराजा अमिर शेख खलिफाको निधन

समाचार सारांश
Auto Generated by AI
  • कतारका पूर्व अमिर शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ।
  • उनको सम्मानमा कतार सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ।
  • उनको शासनकाललाई आधुनिक कतारको विकासको आधारशिला मानिन्छ।

दोहा- कतारका पूर्व अमिर तथा वर्तमान अमिर शेख तामिम बिन हमद अल थानीका पिता, शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ। अमिरी दिवानले आइतबार विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो।

Workplace

अमिरी दिवानले स्वर्गीय शेख खलिफालाई राष्ट्र निर्माण र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका दूरदर्शी नेताका रूपमा स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ।

पूर्व अमिरको निधनप्रति शोक व्यक्त गर्दै वर्तमान अमिर शेख तामिम बिन हमद अल थानीले देशभर तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन्। यस अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने जनाइएको छ।

शेख खलिफा बिन हमद अल थानीले सन् १९७२ देखि १९९५ सम्म कतारको शासन सम्हालेका थिए। उनको नेतृत्वकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधारशिला निर्माण भएको मानिन्छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?