आज मिति २०८३ असार १७ गते बुधबार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • आज विभिन्न राशिअनुसार कार्यक्षेत्रमा प्रगति र भाग्यको साथ मिल्नेछ।
  • स्वास्थ्य र मानसिक तनावप्रति सचेत रहँदै धैर्य अपनाउनु आवश्यक छ।
  • आर्थिक लाभ र सम्बन्धमा सुधार आउने भएकाले योजनामा ध्यान दिनुहोस्।

🌻🌼🙏🙏

Workplace

मेष : आज कर्म क्षेत्रमा प्रगति देखिने दिन हो । पद प्रतिष्ठा बढ्ने सम्भावना छ । उच्च पदाधिकारी वा वरिष्ठहरूको सल्लाह उपयोगी हुनेछ । सामाजिक उत्तरदायित्वप्रति सजग रहनुहोला ।

वृष : भाग्यबल सशक्त रहनेछ । आध्यात्मिक उन्नति, शिक्षामा रुचि र गुरुजनको आशीर्वाद प्राप्त हुने समय हो । यात्रामा सफलताको सम्भावना छ, यद्यपि स्वास्थ्यतर्फ सतर्कता आवश्यक छ ।

मिथुन : मानसिक तनाव, गोप्य शत्रु वा अप्रत्याशित खर्चको सम्भावना देखाउँछ । स्वास्थ्य र दुर्घटनाबाट सचेत रहनुहोस् । आध्यात्मिक साधना वा मौन अभ्यास लाभदायक हुनेछ ।

कर्कट : दाम्पत्य तथा साझेदारी सम्बन्धमा सुधार ल्याउनेछ । व्यापार वा वैवाहिक सम्बन्धमा छलफल गर्न अनुकूल समय हो । भावनात्मक स्थिरता आवश्यक छ ।

सिंह : प्रतिस्पर्धी गतिविधिमा विजयको योग छ । ऋण, रोग तथा शत्रु सम्बन्धी समस्यामा राहत मिल्नेछ । शरीरमा ऊर्जा र उत्साहको सञ्चार हुनेछ ।

कन्या : सन्तान सुख, प्रेम र बौद्धिक कार्यमा सफलता ल्याउनेछ । विद्यार्थी वर्गका लागि उपलब्धिको दिन हो । सिर्जनात्मक कार्यमा रुचि जाग्नेछ ।

तुला : मानसिक अस्थिरता, मातापिताको स्वास्थ्यको चिन्ता थपिनेछ । घरायसी काममा तनाव बढ्नेछ । आत्मसंयम र धैर्य आवश्यक छ ।

वृश्चिक : साहस र आत्मबल वृद्धि हुनेछ । सञ्चार, लेखन वा सानोतिनो यात्रामा सफलता मिल्नेछ । भाइबहिनीसँग सम्बन्ध प्रगाढ हुनेछ ।

धनु : वाणी प्रभाव, आर्थिक निर्णय तथा पारिवारिक मेलमिलापमा सुधार ल्याउनेछ । सञ्चय प्रवृत्ति बढ्नेछ । मिठो बोलाइले अवसर प्राप्त हुनेछ ।

मकर : आत्मविश्वास, स्थिरता र दायित्वबोध जाग्नेछ । यद्यपि, शरीरमा थकान वा शिथिलता महसुस हुनसक्छ । कार्ययोजनामा क्रमबद्धता आवश्यक हुनेछ ।

कुम्भ : अनावश्यक खर्च, मानसिक भ्रम वा निद्रामा बाधा निम्त्याउन सक्छ । यात्रामा सावधानी आवश्यक छ । एकान्तमा समय बिताउन मन लाग्न सक्छ ।

मीन : आर्थिक लाभ, लक्ष्य प्राप्ति तथा मित्र सहयोगको सम्भावना छ । दीर्घकालीन योजनामा गति आउने समय हो । सामाजिक सञ्जाल सशक्त हुनेछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?