
- मुगुको खत्याड गाउँपालिकाका बासिन्दा करोडौँको लगानी भएको लघु जलविद्युत आयोजना बन्द हुँदा अझै टुकीकै भरमा रात काट्न बाध्य छन्।
- प्राकृतिक प्रकोप र प्राविधिक कमजोरीका कारण पटक-पटक बन्द हुने यो आयोजना मर्मतका लागि स्थानीयले आफैँ पैसा उठाउँदा पनि सेवा दिगो हुन सकेको छैन।
- आयोजनामा भएको झण्डै २ करोड २० लाख लगानी बालुवामा पानी भएको छ भने कामदारहरूले अझैसम्म आफ्नो पारिश्रमिक नपाएको गुनासो गरेका छन्।
रतन रावल मुगु । २१ औँ शताब्दीमा संसार डिजिटल युग र आधुनिक प्रविधिको चरम विकासमा रमाइरहँदा मुगुको खत्याड गाउँपालिका को वडा नं ५ का नागरिक भने अझै पनि सल्लाको झरो टुकी बालेर रात काट्न बाध्य छन्।स्थानीय सरकार र विकासका ठूला नारा गाउँसम्म पुगे पनि यहाँका बासिन्दाहरु ले स्थायी उज्यालो पाउन सकेका छैनन्। करोडौँको लगानीमा निर्माण भएको स्थानीय जलविद्युत आयोजना पटक–पटक बन्द हुँदा स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ।आशा जगाउने आयोजना, निराशाको नियति खत्याड गाउँपालिका–५ मा रहेको भागोटि खोला लघु जलविद्युत आयोजना को कथा आशा र चरम निराशाको एउटा निकै दुःखद उदाहरण हो। स्थानीयवासी लाई अँध्यारो बाट मुक्ति दिलाउने उद्देश्यका साथ आर्थिक वर्ष २०७०/७१ सालतिर यो आयोजना को निर्माण सुरु गरिएको थियो।
निर्माणमा ढिलाइ र अनेकौँ उतारचढाव पार गर्दै अन्ततः २०७८ सालतिर आयोजना सम्पन्न भयो।सुरुवाती चरण म करिब आधा घरधुरी र चिन्तु क्षेत्रसम्म विद्युत सेवा पुग्दा स्थानीय मा खुसीको सीमा थिएन। गाउँमा पहिलोपटक बत्ती बल्दा वर्षौँदेखिको अँध्यारो हटेको महसुस भएको थियो। तर, त्यो खुसी धेरै दिन टिक्न सकेन। विभिन्न प्राविधिक समस्याका कारण सेवा नियमित हुन सकेन र आयोजना छिट्टै बन्द भयो।प्राकृतिक प्रकोप र मर्मतको दुष्चक्रयस आयोजनालाई प्राकृतिक विपत्ति र कमजोर व्यवस्थापनले निरन्तर गाँजिरह्यो। अविरल वर्षाका कारण पावर हाउसमा रहेका महत्वपूर्ण विद्युतीय सामग्रीहरू क्षतिग्रस्त भएपछि आयोजना पूर्ण रूपमा ठप्प बन्यो। लामो समयको अन्योलतापछि २०८० सालमा वडा कार्यालय को आर्थिक सहयोगमा विद्युत गृहको मर्मत गरियो। २०८१ फागुनसम्म आइपुग्दा करिब ३५० घरधुरीमा पुनः विद्युत सेवा सञ्चालन गरेर गाउँलाई उज्यालो बनाउने प्रयास गरियो।

तर, भाग्यले फेरि यहाँका नागरिकलाई ठग्यो। २०८२ भदौ १ गते आएको भीषण वर्षाले मेसिनमा पुनः ठूलो क्षति पुर्यायो। सरकारी निकायबाट तत्काल सहयोग नपाएपछि उज्यालोका लागि आतुर स्थानीयवासी आफैँ जुगर्मुराए। उनीहरूले प्रत्येक घरधुरीबाट रु. १,००० का दरले रकम संकलन गरेर मेसिन मर्मत गरे। आफ्नै खल्तीको पैसा खर्चिएर भए पनि स्थानीयले दशैंको अवसर पारेर गाउँमा फेरि बत्ती बाल्ने। तर, जनस्तरबाट गरिएको त्यो प्रयास पनि दीर्घकालीन हुन सकेन। गत फागुन २३ गतेदेखि यो आयोजना पुनः पूर्ण रूपमा बन्द भएको छ, जसका कारण गाउँ फेरि अन्धकारमा डुबेको छ।करोडौँको लगानी बालुवामा पानी, कामदारकै
रोदनस्थानीयका अनुसार यस भागोटि खोला लघु जलविद्युत आयोजनामा अहिलेसम्म करिब रु. २ करोड १५ देखि २० लाखसम्म लगानी भइसकेको छ। यसमा सरकारी बजेट मात्र नभई स्थानीयवासीको ठूलो जनश्रमदान र आर्थिक योगदान समेत सामेल छ। यति ठूलो रकम लगानी हुँदा पनि प्रतिफल शून्य जस्तै हुनुले आयोजनाको दिगोपन र प्राविधिक
गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको छ।अझ दुःखको कुरा त के छ भने, आयोजना निर्माणका क्रममा अहोरात्र खटिएका केही गरिब कामदारहरूले अझैसम्म आफ्नो पसिनाको पारिश्रमिक पाउन सकेका छैनन्। एकातिर बत्ती नबल्दा अर्कोतिर श्रमको मूल्य समेत नपाउँदा कामदारहरूले ठूलो गुनासो र आक्रोश व्यक्त गरिरहेका छन्।
