सुन चाँदी दुवैको मूल्य घट्यो

समाचार सारांश
Auto Generated by AI
  • स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
  • सुन प्रतितोला ५ हजार २०० र चाँदी २५० रुपैयाँले घटेको छ ।
  • आज सुन २ लाख ७८ हजार ३०० र चाँदी ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौ – स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।

बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य रु चार हजार ४८५ मा कारोबार भएको थियो ।

मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ५९० मा खरिद बिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?