
- सोमबार सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ।
- छापावाल सुन प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्यमा ४० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ७३० रुपैयाँ कायम भएको छ।
सोमबार सुन र चाँदी दुबैकाे मूल्य बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको हो।
त्यसैगरी आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ।
