प्रधानमन्त्री शाह चितवन मा

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आज चितवनमा सुरु हुँदैछ।
  • प्रधानमन्त्री र रवि लामिछानेले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नेछन्।
  • महाधिवेशनले १९ पदाधिकारीसहित १५८ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ।

काठमाडौ – प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चितवन पुग्नुभएकाे छ । पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन उहाँ केहीबेरअघि चितवन पुग्नुभएकाे छ ।

Workplace

आज दिउँसाे २ बजे शुरू हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

पर्सि मङ्गलवारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झन्डै ४ हजार प्रतिनिधिसहित नेता/कार्यकर्ता सहभागी हुँदैछन् । २०७९ सालमा स्थापना भएको रास्वपाले गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा झन्डै दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ ।

भरतपुरकाे गेस्टहाउस चाैरमा हुने रास्वपाको पहिलो महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको रास्वपाका प्रवक्ता मनिष झाले बताउनुभयो ।

प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशमा रहेका सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । रास्वपाले पार्टी सदस्य ५ लाख पुर्‍याएको जनाएको छ ।

हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ । बन्दसत्र उद्योग सङ्घ चितवनको सभाहलमा हुनेछ । पहिलो महाधिवेशनले १९ पदाधिकारीसहित १५८ केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

आज मिति २०८३ असार ९ गते मंगलबार आजको राशिफल

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल प`क्रा`उ

मुगुका ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण: आफ्नो विगत सम्झँदै दुर्गा रावल ले मनाइन् जन्मदिन।

छुटाउनुभयो कि ?