आज सुनको भाउ सामान्य बढ्यो

समाचार सारांश
Auto Generated by AI
  • सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको छ।
  • नयाँ मूल्यअनुसार सुन २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
  • चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँ कायम भएको छ।

आज सुनको भाउ सामान्य बढेको छ ।

Workplace

चाँदीको भाउ घटेको छ ।

सुन आज तोलामा ३०० रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको थियो ।

हप्ताको पहिलो कारोबार दिन अस्ति आइतबार पनि सुनको भाउ बढेको थियो । त्यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले घटेको हो । भाउ घटेर चाँदी आज तोलाको ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसअघि हिजो चाँदी तोलामा १२० रुपैयाँले बढेर तोलाको ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो । अस्ति आइतबार चाँदी तोलाको ४ हजार ८९५ रुपैयाँ रहेको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

आज मिति २०८३ असार ९ गते मंगलबार आजको राशिफल

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल प`क्रा`उ

मुगुका ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण: आफ्नो विगत सम्झँदै दुर्गा रावल ले मनाइन् जन्मदिन।

छुटाउनुभयो कि ?