कर्णालीमा वर्षको पहिलो हिमपात, किसानलाई राहत, हवाई सेवा अवरुद्ध

मुगु – कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको पहिलो हिमपात भएको छ। मुगु जिल्लामा सहित हुम्ला र डोल्पामा जुम्ला म शनिबार रातिदेखि मौसम बदलीसँगै हिमपात सुरु भएको हो। कर्णालीका विभिन्न स्थानमा अहिले पनि हिमपात जारी छ।

Workplace

हिमपातपछि चिसो ह्वात्तै बढ्दा जनजीवन कष्टकर बनेको छ। तर लामो समयदेखि खडेरी झेल्दै आएका किसानका लागि हिमपात राहतका रूपमा आएको छ। पछिल्ला वर्षमा हिउँ ढिलो पर्न थालेपछि हिउँदे बाली तथा स्याउ उत्पादन प्रभावित हुँदै आएको थियो।

हिउँ नपर्दा जौजस्ता हिउँदे बाली सप्रिन कठिन हुने र स्याउ बगैचामा सिँचाइको समस्या देखिने गरेको किसान बताउँछन्। कृषि विकास कार्यालय मुगुका प्रमुख का अनुसार हिउँले खेताली तथा लेकाली क्षेत्रमा लगाइने बालीको सिँचाइ गर्छ। फागुनमा नयाँ स्याउका बिरुवा रोप्न माटोमा चिस्यान कायम राख्न पनि हिउँ आवश्यक हुने उहाँले बताउनुभयो।

मुगुका किसान तेज बहादुर रावलका अनुसार ढिलो भए पनि माघमै परेको हिउँ किसानका लागि खुसीको विषय हो। उत्पादन बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ छ।
त्यस्तै, हुम्लाकि सञ्चारकर्मी सँगिता बुमि ले जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हिमपात भएको जानकारी दिनुभयो। कृषि उत्पादनमा आत्मनिर्भर मानिने लिमि क्षेत्रमा हिमपात भएपछि किसान उत्साहित भएका छन्।
हिमपातका कारण शनिबार कर्णालीमा हवाई सेवा अवरुद्ध भएको छ।

नेपालगन्जबाट जुम्ला, मुगु, हुम्ला र डोल्पाका नियमित उडान रोकिएका छन्, जसका कारण यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्। यद्यपि सडक यातायात भने सञ्चालनमै रहेको छ।

हिमपातपछि कर्णालीका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी कर्णाली राजमार्ग हुँदै मुगुको राराताल र मुर्माटपमा पर्यटक पुग्ने गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?