मुगुमा पूर्वाधार विकासको तीव्र गति: सडक, पुल र जनता आवास निर्माणले फेरिँदै ग्रामीण मुहार।

समाचार सारांश
Auto Generated by AI
  • मुगुमा सडक सञ्जाल विस्तार, मोटरेबल तथा झोलुङ्गे पुल निर्माणको काम तीव्र पारिएको छ।
  • कर्णाली करिडोरसँग जोड्न रणनीतिक सडक र जिल्ला जोड्ने बेलिब्रिज निर्माण भइरहेको छ।
  • विपन्न नागरिकका लागि सुरक्षित आवास निर्माण र पर्यटकीय क्षेत्र जोड्ने सडकको स्तरोन्नति भइरहेको छ।

रतन रावल गमगढी, मुगु
कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुमा पूर्वाधार विकासका आयोजनाहरू तीव्र गतिमा अगाडि बढेका छन्। पूर्वाधार विकास कार्यालय मुगुले चालु आर्थिक वर्षमा सडक सञ्जाल विस्तार, मोटरेबल तथा झोलुङ्गे पुल निर्माण र विपन्न नागरिकका लागि सुरक्षित आवास निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको हो। भौगोलिक रूपमा विकट यस जिल्लाका नागरिकको जीवनस्तर सुधार र सहज आवतजावतका लागि विभिन्न ठूला तथा साना योजनाहरू सञ्चालनमा रहेका छन्।सडक सञ्जाल र पुल निर्माणमा जोडकार्यालयका अनुसार हाल जिल्लाभर नयाँ र पुराना गरी कुल १८ वटा सडक निर्माणका योजनाहरू सञ्चालनमा छन्। सडक पुगिसकेका बस्तीहरूमा बाह्रै महिना यातायातका साधन सहज रूपमा सञ्चालन गर्नका लागि ४ वटा मोटरेबल सडक पुलको निर्माण कार्य भइरहेको छ।

Workplace

यस्तै, सडक सञ्जाल पुग्न बाँकी रहेका दुर्गम गाउँबस्तीका नागरिकलाई खोला तर्न सहज बनाउन १२ वटा झोलुङ्गे पुलहरू निर्माण भइरहेका छन्। यी पुलहरूको निर्माण सम्पन्न भएपछि वर्षातको समयमा स्थानीयवासीले भोग्दै आएको सास्ती अन्त्य हुने विश्वास गरिएको छ।कर्णाली करिडोर जोड्ने रणनैतिक सडक र बेलिब्रिजमुगु जिल्लाको सदरमुकाम गमगढीलाई राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरसँग जोड्न विशेष पहल सुरु भएको छ। सङ्घीय सरकार रकर्णाली प्रदेश सरकारको संयुक्त लगानी (सहलगानी) बाट सो सडक खण्डको निर्माण कार्य अगाडि बढिरहेको हो। हाल फरक-फरक दुईवटा प्याकेजमा दुईवटा सडक खण्डको निर्माण कार्य तीव्र गतिमा भइरहेको कार्यालयले जनाएको छ।

यसैगरी, छिमेकी जिल्ला हुम्ला र मुगुलाई जोड्ने गरी एक महत्त्वपूर्ण बेलिब्रिज (Wailibridge) निर्माण कार्य पनि अघि बढेको छ। हुम्ला जिल्लाको हुम्ला कर्णाली नदीमाथि निर्माण भइरहेको यस बेलिब्रिजले मुगु जिल्लाको सोरु गाउँपालिकाको नेरे गाउँलाई सिधा जोड्नेछ। यो पुल बनेपछि दुई जिल्लाबीचको व्यापारिक तथा व्यावहारिक सम्बन्ध थप बलियो हुनेछ।लक्षित वर्गका लागि सुरक्षित आवास कार्यक्रमपूर्वाधार विकाससँगै कार्यालयले सामाजिकउत्तरदायित्व र नागरिकको मौलिक हक सुरक्षित गर्न ‘जनता आवास’ तथा ‘विपन्नको घर निर्माण’ कार्यक्रमलाई पनि सँगसँगै लगेको छ।यस कार्यक्रम अन्तर्गत जिल्लाका अति विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति तथा आर्थिक रूपमा कमजोर भई आवासविहीन रहेका नागरिकहरूलाई लक्षित गरिएको छ। वास्तविक लाभग्राही छनोट गरी हाल उनीहरूका लागि सुरक्षित आवास (घर) निर्माण कार्य भइरहेको कार्यलय सचना अधिरकारी  मोनमोहन अधिकछारी ले जान्कारि दएका छन।

दुर्गमका नागरिकलाई यातायातको पहुँच पुर्‍याउनुका साथै छानो नभएका गरिब परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने यी योजनाहरूले मुगुको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।वाजुरा जिल्लाको धुलाधार हुदै मुगु को सुकादिक जोड़ने पक्कि पुल निर्माण कार्य। भइरहको छ । कर्णाली प्रदेश । सरकारले सरकारले निमाण गर्ने हालसम्मकै सबैभन्दा लामो प्रिस्ट्रेष्ड सडक पुल पनि हो। यसको लम्बाई करिब १०५ मिटर रहेको छ । पुल निर्माण सन्चल परधात मुगु जिल्लाको सडक सञ्जाल कर्णाली करिडोर एण जाडीने छ।मुगु जिल्लाले प्रख्यात पर्यटकिय गन्तब्य रारा सम्म पुग्ने सडकको स्तरोमती कार्य भइरहेको छ। सल्लेटी देखी मिलिधौर सम्ममा राजमार्गको मानक अनुसार निर्माण कार्य हुनेछ ।मुगु जिल्ला घुम्न आउने पर्यटकलाई जिल्ल्ना सदरमुकाम गमगढी भित्र्याउन विना देखी बालै हुदै गमगढी जाड्ने सडक स्तरोभती गर्न करिब १६ कराडे लागतमा वोलपत्र आह्‌वान भई हाल निमाण व्यवसायी श्री 1″ Hamro KTS-vina JV” ले करिब क. ८ कराडेमा सम्झौता गरी निर्माणकार्य थालनी गरि सकेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ ३० गते सनिवार आजको राशिफल

काभ्रेको बुच्चाकोटमा बस दु`र्घ`टना सात जनाको मृ`त्यु

मुगुम समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत विश्व बालश्रम विरुद्धको दिवस २०८३ भव्य रूपमा सम्पन्न

आज मिति २०८३ ज्येष्ठ २९ गते शुक्रबार आजको राशिफल

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनूस्– गृहमन्त्री

नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै

छुटाउनुभयो कि ?