
- बाबु रोका मगरको निर्देशनमा नयाँ वर्षको अवसर पारेर स्वार्थ लुट्ने शहर गीत सार्वजनिक भएको छ।
- सागरबाबु संचित र रेखा पोख्रेलको स्वर रहेको यस गीतमा मानिसको स्वार्थी प्रवृत्तिलाई चित्रण गरिएको छ।
- सागरबाबु संचित, समर सोनी र रेबिका घर्ती मगरको अभिनय रहेको भिडियोको अर्को भाग पनि आउने बताइएको छ।
लुम्बिनी — यसै त बजारमा धेरै गित संगीत हरु सार्वजनिक भइ रहेका हुन्छ्न यसै बिचमा बाबु रोका मगरको निर्देशनमा बनेको लोक गित “स्वार्थ लुट्ने शहर” सार्वजनिक भएको छ ।

लोक गित “स्वार्थ लुट्ने शहर” नयाँ वर्षको अबसरमा Sagar Babau Sanchit युट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।
लोक गायक सागरबाबु संचित र गायिका रेखा पोख्रेल को आवाजमा रहेको “स्वार्थ लुट्ने शहर” मा मान्छेले आफ्नो स्वार्थको लागि के कस्ता गतिविधि गर्छन भन्ने कुरा दर्साउन खोजिएको छ भिडियोलाई अर्को भागमा पनि ल्याउने गायक सागरबाबुले बताएका छन ।
बाबु रोका मगरले निर्देशन गरेको उक्त गितको भिडियोमा कलाकारहरु स्वयं बाबु रोका मगर, समर सोनी र रेबिका घर्ती मगर रहेका छन भने यस गितका शब्द संगीत सागरबाबु संचित नै रहेका छन सो साँगेतिक भिडियोको छाँयांकन प्रकाश बस्नेतले गरेका छन भने शिशिर चौधरीले सम्पादन गरेका छन।
संचारकर्मी, कलाकार तथा सामाजिक अभियनता बाबु रोका मगरको निर्देशनमा बनेको यो चौथो भिडियो हो त्यसोत रोका प्राय राजनीतिक सामाजिक कार्यमा ब्यस्त हुन्छन गित राम्रो बनेकोले भिडियोमा काम गर्ने इच्छा राखेको बाबु रोका मगरले बताएका छन साथै आफुले गरेको काम के कस्तो भएको छ दर्शक स्रोताहरुबाट सल्लाह सुझाव को अपेक्षा रहेको नेपाल खोजखबर ड्ट कम मिडिया मार्फत जानकारी गराएका छन ।
भिडियो सहित
