मुगु कर्णाली प्रदेश आगामी फागुन फागुन १ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा मुगुको माटोको सुगन्ध बोकेर, युवाशक्तिको सशक्त आवाज बनेर सन्तोष शाही नेपाल विद्यार्थी संघ को केन्द्रीय प्रचार–प्रसार विभाग एवम् केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ।


तस्बिर :
दुर्गम जिल्ला मुगुबाट केन्द्रीय तहमा प्रतिनिधित्व हुनु केवल व्यक्तिगत उपलब्धि मात्र नभई समग्र मुगुवासी युवाहरूको आत्मविश्वास र आशाको प्रतिकका रूपमा हेरिएको छ। संगठनले उहाँमाथि राखेको विश्वासले अब युवाहरूको आवाज अझ सशक्त रूपमा राष्ट्रिय स्तरमा उठ्ने अपेक्षा गरिएको छ।
उहाँको मनोनयनले संगठनलाई थप उर्जा, प्रतिबद्धता र गतिशीलता प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
यस ऐतिहासिक जिम्मेवारीका लागि हार्दिक बधाई तथा सफल कार्यकाल युवा सशक्ति माध्यमको वैचारिकताका लागि आफूले गर्न सक्ने जति सहयोग पार्टीमा निरन्तरता र आफूले पाएको पदप्रति सदैव लागिरहनुपर्ने बताउनुभएको हो। युवा अवस्थामै राजनीतिकमा सक्रियता आस्थावान राखेका शाहीले विकास पारदर्शिता र विकासमुखी योजनालाई गाउँ र सहर केन्द्रितसँगै जोडेर एकिबद्धता सँगै अठोट सँगालोको साथ आफूले यो पदभार ग्रहण गरेको बताउनुभएको हो।

