पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्न जाने भक्तजनका लागि पार्किङको व्यवस्थापन एस्तो

काठमाण्डौ – महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्न जाने भक्तजनका लागि पार्किङको व्यवस्थापन गरिएको छ । प्रहरीले सुरक्षा र यातायात व्यवस्थापनि मिलाएको हो ।

Workplace

 

पार्किङ अन्तर्गत सिफल चौरमा दर्शानार्थीको गाडी, पासवाहक साधन र सुरक्षाकर्मीका गाडी रहनेछन् । त्यस्तै गुहेश्वरी पारी तिर्थयात्री र दर्शानार्थीको गाडी राख्न सकिनेछ ।

पशुपति विकास कोषको कार्यालय र भण्डारखालमा पासवाहक गाडी, तिलगङ्गा आँखा अस्पताल र करिडोरमा तिर्थयात्री, दर्शानार्थी र पर्यटकका गाडी, वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने संघ संस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका गाडी पार्किङको व्यवस्था गरिएको छ ।

प्रहरी वृत्त गौशालामा पासवाहक र सरकारी गाडीलाई राख्न सकिनेछ । चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा गाडी चलाउने व्यवस्था मिलाए पनि भिड अत्यधिक हुँदा आवागमनमा समस्या भएपछि डाईभर्सन गरी वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाएको ट्राफिक प्रहरीले जनाएको छ ।

तीनकुनेबाट सिनामङ्गल, बौद्ध एरियाबाट गौरीघाट, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क आउने सम्पूर्ण मालबाहक गाडीलाई निषेध गरिएको छ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने गाडीलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।

गौशाला चोकमा भिडभाड धेरै भई गाडी चल्न नसक्ने अवस्था भए चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशाला, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ । आज देशभरका विभिन्न ठाउँ तथा छिमेकी भारतका तीर्थयात्रीको विशेष गरी पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्ने गर्छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?