नेकपा माओवादी केन्द्रका महाधिवेशन संयाेजक पुष्पकमल दाहालले पार्टी सक्रियताका साथ आगामी निर्वाचनमा जान्छ

काठमाडौं –  माओवादी केन्द्रका महाधिवेशन संयाेजक पुष्पकमल दाहालले पार्टी सक्रियताका साथ आगामी निर्वाचनमा सहभागी हुने बताएका छ्न ।

Workplace

पार्टी केन्द्रीय कार्यालय पेसिडाँडामा साेमबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले  यस्तो बताउनुभएको हो । प्रचण्डले आफ्नो पार्टी घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका हुन  । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने समेत उहाँकाे भनाइ थियो ।

प्रचण्डले  भन्नुभयो,-‘देशभर विपदले कहाँ-कहाँ कति क्षति भयो भन्नेकुराको जानकारी लिने काम र हामीले गर्नुपर्ने कामको विषयमा छलफल गरिएको छ । हामी कसरी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो केन्द्रीय समितिको बैठकबाट निर्णय गरिसकेका छौं । घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो । हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ ।’ उनले भने

बैठकमा देशैभरी मनसुनजन्य विपदले पुर्याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको संयाेजक दाहालले बताएका थिए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?