एमाले नेता बस्नेत : “ओली मेरा आदर्श, फेसबुकमा लेखे जस्तो देश बन्दैन, कामले मात्र देश बन्छ”

भक्तपुर, ३० भदौ । नेकपा (एमाले) नेता महेश बस्नेतले एमाले पार्टीप्रति गर्व व्यक्त गर्दै अध्यक्ष केपी शर्मा ओलीप्रति अविचल सम्मान प्रकट गरेका छन्। उनले ओलीलाई केवल नेता मात्र नभई आफ्नो आदर्शको रूपमा चित्रण गर्दै, राजनीतिमा सक्रिय रहुन् वा नरहुन्, फेरि प्रधानमन्त्री बनुन् वा नबनुन्, उहाँप्रतिको आफ्नो विश्वास कहिल्यै घट्ने नसक्ने स्पष्ट पारेका छ्न।

Workplace

बस्नेतले लोकतन्त्र प्राप्तिमा ओलीको नेतृत्वमा एमालेले खेलेको भूमिका, राष्ट्रियताको पक्षमा अन्तर्राष्ट्रिय स्तरमा लिइएको अडान तथा समृद्ध नेपालको अभियानलाई इतिहासले कहिल्यै नभुल्ने दाबी गरेका छ्न ।

हालैको आन्दोलनमा भएको ७२ जनाको मृत्युबारे टिप्पणी गर्दै उनले २१ जनाको मृत्यु सरकारको कारण भए पनि बाँकी ५१ जना आन्दोलनकै हिंसाबाट ज्यान गुमाएको बताए। उनका अनुसार गोली प्रहरीतर्फ मात्र होइन, अन्यतर्फबाट पनि चलेको सुन्नमा आएको छ। त्यसैले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी वास्तविक दोषीलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिएका हुन।

आन्दोलनका नाममा बालबालिकासमेतलाई उचालेर आगजनी, लुटपाट र हिंसामा संलग्न गराउने प्रवृत्ति गम्भीर अपराध भएको बताउँदै बस्नेतले यस्ता कार्यमा संलग्नलाई कठोर कारबाही गर्नुपर्ने माग गरे। साथै उनले आन्दोलनका क्रममा जलेका राष्ट्रिय सम्पत्ति र निजी सम्पत्तिको पुनर्निर्माण गर्न दशकौं लाग्ने भन्दै त्यसको जिम्मा कसले लिने भन्ने प्रश्न समेत सामाजिक संजालमा उठाएका छ्न ।

भक्तपुरमा एमाले नेतृत्वले छोटो समयमा गरेका काम ५० वर्षमा पनि अरू दलले गर्न नसक्ने ठोकुवा गर्दै बस्नेतले भने, “कुरोले चिउरा भिज्दैन सम्धी। चिउरा भिज्न दही वा दूध चाहिन्छ, नभए पानी भए पनि चल्छ। फेसबुकमा लेखे जस्तो देश बन्दैन, कामले मात्र देश बन्छ।” एमाले नेता बस्नेत लेखछ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?