आफ्नै कलमले आफैलाई झस्कायो पुन:: व्युतायो

काठमाडौं,  । कीर्तिपुरकी गंगा ज्ञवालीले मान्छेप्रति दृष्टिकोण र मनोविश्लेषणकै आधारमा सुन्दरता निर्धारण हुने बताउदै एक कविता लेखेकी छ्न ।  बाहिरी रूप वा रङभन्दा बढी आन्तरिक सोच र दृष्टि नै जीवनलाई सार्थक बनाउने उनको कविताको भनाइ छ।

Workplace

उनी लेखछिन , “यदि हाम्रो मनमा माया प्रेम छ भने, शत्रु र मित्रबीचको भिन्नता हराउँछ। यदि हाम्रो नजर सकारात्मक छ भने कसैलाई पनि नराम्रो देखिँदैन।”

- Advertisement -Workplace

जीवन अकल्पनीय र अनिश्चित भएकाले सबैलाई आत्मीय रूपमा हेर्न सक्नुपर्ने उनको कविताका भाव छ ।

उनीद्वारा लेखिएको कविता :

सबै मित्र सबै प्रिय
मलाई देख्ने तिम्रा आँखा सुन्दर छन् भने
मलाई बुझ्ने तिम्रो मन प्रिय छ भने
मलाई हेर्ने तिम्रो नजर सुन्दर छ भने हो

तिम्रो सुन्दर नजरले, तिम्रो प्रिय हेराइले
मलाई कदापि नराम्रो देख्ने छैन
किनकि तिम्रो नजर नै सुन्दर छ,
तिम्रो मनोविश्लेषण नै सुन्दर छ।

तिमी भित्र अथाहा माया प्रेम छ भने
तिमी भित्र भगवानको बास छ भने
तिमी कसैलाई नराम्रो देख्न सक्दैनौं
कसैलाई नराम्रो बुझ्न सक्दैनौं।

शत्रु र मित्रबीचको भिन्नता छुट्याउन सक्दैनौं
किनकि तिमी भित्र भगवानको बास छ।
सबैलाई हेर्ने नजर सकारात्मक छ,
डाह, रिस, राग छैन।

तिम्रो लागि सबै समान छन्।
हो, त्यसैले तिम्रो नजरमा म मेरो,
मेरो नजरमा तिमी मेरो,
मेरो नजरमा सबै असल छन्,
सबै आफन्त नै आफन्त छन्।

सबै मित्र, सबै प्रिय।
आखिर जीवन अकल्पनीय छ,
अनिश्चित छ।

सुन्दरता रूप र रङमा होइन,
बरु हेराइमा, आन्तरिक बुझाइमा हुन्छ।
मनोविश्लेषणमै निर्धारण हुन्छ।

गंगा ज्ञवाली, कीर्तिपुर काठमाडौं

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?