हुम्ला मा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौ – हुम्लाको चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

Workplace

टेलिफोन सेवा अवरुद्ध हुँदा त्यहाँका स्थानीयबासी सञ्चारसेवाबाट वञ्चित भएका छन् । चङ्खेली गाउँपालिका–६ मा रहेकाे मेल्छामको मासिधारामा रहेको टावर बिग्रेका कारण गएको असार १ गतेदेखि सञ्चार सेवा अवरुद्ध भएको स्थानीयले बतायका हुन।

टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, मासिधारा, दार्मा, पुमालगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको हो  ।

फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने स्थानीयबासी को गुनासो छ । टेलिफोनले काम गरिरहेको छैन, जिल्लाबाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन ।’

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?