राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले आज तेस्रो पार्टी स्थापना दिवसको अबसरमा दिप प्रज्जवलन सहित मनाएको छ

 

Workplace

अनिल नेपाली 

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले आज तेस्रो पार्टी स्थापना दिवसकाे अबसरमा सन्धिखर्ककाे शान्तिबगैचामा दिप प्रज्जवलन सहित मनाएकाे छ।

दिप प्रज्जवलन पछि भएको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तब्य राख्दै जिल्ला सभापति हरि भुसालले रास्वपाले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाएकाे बताउदै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गर्ने बताउदै पार्टी स्थापनाको छोटो अवधिमा प्राप्त उपलब्धी र नागरिकको भारोसा कायम गर्नेगरि आगामी दिनमा सुशासन र वेथितिको विरुद्धमा थप संघर्ष गर्नु पर्ने अवस्था रहेको बताए ।

पार्टी सभापति रवि लामिछाने लाई विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा फसाउन आफ्ना नेतालाई जाेगाउन राजनीतिक दलकाे खाेलमा बिभिन्न सयन्त्रमुलक काम गरेको बताए ।

कार्यक्रममा भुनपाका सभापति डिल ब थापा ( बिन्दु) मालारानी सभापति वित्रम महत जिल्ला उपसभापति कमल मरासिनी लगायतका नेता कार्यकर्ताकाे उपस्थितिमा सम्पन्न कार्यक्रममा जिल्ला सहसचिव चिरञ्जीवी पन्थी सुनारले सहजीकरण गनु भएको थियोे

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?