रुसले युक्रेनमा अहिलेसम्मकै ठूलो हवाई आ`क्रमण

रुसले युक्रेनमा एकैरातमा अहिलेसम्मकै सबैभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको हो  ।

Workplace

आपत्कालीन सेवासम्बन्धी निकायहरूले जनाए अनुसार रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा तीन बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन् ।

बितेको ४८ घण्टाको अवधिमा रुसले युक्रेनमाथि ठूलो स्तरमा गरेको यो दोस्रो ठूलो आक्रमण हो । लडाइँ अन्त्य गर्ने दुई देशबीचको वार्ता कैदी साटासाटको विषय टुङ्गिएपछि रुसले हिजो गरेका आक्रमणहरूमा युक्रेनभरि १३ जनाले ज्यान गुमाएका थिए ।

रुसले युद्धविराम गर्ने प्रस्ताव स्वीकार गरेको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको अतिक्रमण थालेपछि रुसले अहिले युक्रेनको झन्डै २० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरेको छ । त्यसमा युक्रेनको दक्षिण प्रायद्वीप क्राइमिया पनि पर्छ जसलाई रुसले सन् २०१४ मा आफूमा गाभेको थियो ।

युक्रेनी हवाई बलका अनुसार हिजो बिहान ८ बजेर ४० मिनेटयता रुसले विभिन्न किसिमका ३ सय ६७ वटा क्षेप्यास्त्र, तथा ड्रोनहरू प्रयोग गरी आक्रमण गरेकाे छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?