मुगुबाट जुम्ला आउँदै गरेको जीप दुर्घटना: सात जना घाइते एक जनको अवस्था गम्भीर

समाचार सारांश
Auto Generated by AI
  • मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
  • घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारका लागि अस्पताल लगिएको छ।
  • जीप अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी आए पनि थप अनुसन्धान भइरहेको छ।

रतन बहादुर रावल -मुगुबाट जुम्लातर्फ आउँदै गरेको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। भने घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार क १ ज ००५४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त जीपमा चालकसहित १६ जना सवार रहेका थिए।

Workplace

​दुर्घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। घाइतेहरूलाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको र यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?