प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रास्वपा सांसदहरूले २७ लाख १५ हजार जम्मा गर्ने

समाचार सारांश
Auto Generated by AI
  • रास्वपाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा थप रकम सहयोग गर्ने भएको छ।
  • हरेक सांसदले न्यूनतम १५ हजारका दरले व्यक्तिगत सहयोग जुटाउने निर्णय गरेका छन्।
  • यसअघिको ५० लाखबाहेक थप २७ लाख १५ हजारभन्दा बढी रकम जम्मा गरिनेछ।

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आफ्ना सांसदहरूमार्फत थप रकम योगदान गर्ने भएको छ।

Workplace

संसदीय दलका पदाधिकारीहरूबीच भएको छलफलअनुसार दलका प्रत्येक सांसदहरूबाट कम्तीमा १५ हजार रूपैयाँका दरले थप रकम सहयोग गर्ने प्रस्ताव अघि बढाइएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

सांसदहरूबाट सङ्कलन हुने न्यूनतम १५ हजार रूपैयाँ र थप स्वघोषित व्यक्तिगत रकमसमेत गरी कुल २७ लाख १५ हजार रूपैयाँभन्दा बढी रकम राहत कोषमा जम्मा हुने अनुमान गरिएको छ।

यसअघि नै रास्वपाको तर्फबाट राहत कोषमा ५० लाख रूपैयाँ योगदान गर्ने निर्णय भइसकेको छ। उक्त ५० लाखको योगदानमा संसदीय दलका सदस्यहरूले पार्टीमा बुझाउने मासिक लेवीसमेत समावेश गरिएको थियो। सो रकमका अतिरिक्त अहिले सांसदहरूबाट व्यक्तिगत रूपमा थप रकम सङ्कलन गरी कोषमा पठाइन लागिएको मुख्य सचेतक बुर्लाकोटीले जनाएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?