सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सञ्जाल नियमन निर्देशिकाबाट नभई संसदबाट पारित कानुनमार्फत हुनुपर्ने बताएका छन् ।

Workplace

ललितपुरमा शनिबार आयोजित आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफू संसदमा पुगेको मूल कारण नै सूचना प्रविधि लगायतका विषयमा कानुन बनाएर मात्र नियमन गर्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे ।

- Advertisement -Workplace

‘सबै पक्षलाई निर्देशिकाबाट नियमन गर्न सकिँदैन भन्नेमा म प्रष्ट छु,’ उनले भने, ‘यसका लागि संसदमा पुगेका विधेयक पास हुनुपर्छ । त्यो पास भएपछि मात्रै सरकारले नियमन सुरु गर्छ भन्ने लागेको थियो, तर निर्देशिकाबाटै काम सुरु भयो ।’

उनले सरकारले निर्देशिकाको आधारमा सामाजिक सञ्जालमाथि सुरु गरेको नियमन र सूचीकृत नभएका सञ्जाल बन्द गर्ने कदम लामो समय टिक्ने अवस्था नरहेको बताए ।

नेपालमा सेवा दिने कम्पनीहरूलाई औपचारिक सम्झौतामा ल्याउनुपर्ने भएकाले सरकारले यो प्रक्रिया अघि बढाएको भए पनि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध दीर्घकालीन नहुने उनको भनाइ थियो ।

‘प्रविधि हस्तान्तरण, लगानी लगायतबारे कानुन बनिसकेको छ । सूचना प्रविधि र साइबर अपराधसम्बन्धी कानुन बन्ने प्रक्रियामा छ,’ उनले थपे, ‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लामो समय जानु हुँदैन, संसदबाट कानुन बनिसकेपछि मात्र नियमन हुनु पर्छ ।’

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?