नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेललाई आठ वर्ष कैद

समाचार सारांश
Auto Generated by AI
  • विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई घुस मुद्दामा दोषी ठहर गरेको छ।
  • अदालतले दुवै जनालाई जनही आठ वर्ष कैद सजाय तोकेको छ भने पौडेललाई थप छ महिना जेल सजाय थपिएको छ।
  • दुवै अभियुक्तबाट जनही एक करोड ५४ लाख रुपैयाँ जरिवाना असुल गर्ने फैसला अदालतले गरेको छ।

काठमाडौ – विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई घुस मुद्दामा दोषी ठहर गर्दै जनही आठ वर्ष कैद सजाय सुनाएको छ।

Workplace

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार कसुरदार ठहर गर्दै उक्त सजाय तोकेको हो।

अदालतले नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा बसेर भ्रष्टाचार गरेको कसुरमा पौडेललाई थप ६ महिना कैद सजाय समेत सुनाएको छ। पौडेलले व्यवसायी आनन्दसँग घुस मागेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला गरेको हो।

घुस लेनदेन भएको भनिएको तीन करोड आठ लाख रुपैयाँ बरामद नभएका कारण अदालतले यस मुद्दामा बिगो भने कायम गरेको छैन। यद्यपि, सो रकमलाई दामासाही हिसाबले भाग लगाई दुवै अभियुक्तबाट जनही एक करोड ५४ लाख रुपैयाँका दरले जरिवाना असुलउपर गर्ने फैसला गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?